PGDE Regular Entrance 2080 Part 10

Revision as of 09:24, 7 February 2025 by WikiSysop (talk | contribs) (→‎Previous)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

91. उपसर्ग लागेर व्युत्पन्न भएको शब्द कुन हो ?

(क) मानवीय

(ख) मार्मिक

(ग) अत्याचार

(घ) कार्य

92. 'उसले किताब पढ्छ' कुन वाच्यको उदाहरण हो ?

(क) कर्तृवाच्य

(ग) भावकर्मवाच्य

(ख) भाववाच्य

(घ) कर्मवाच्य

93. नेपाली भाषामा सबैभन्दा बढी रूपायन हुने वर्ग कुन हो ?

(क) नाम

(ख) सर्वनाम

(ग) विशेषण

(घ) क्रिया

94. मिश्र वाक्यको उदाहरण कुन हो ?

(क) मिहिनेत गरे सफल भइन्छ

(ख) जब मिहिनेत गरियों तब सफल भइयो

(ग) मिहिनेत गरियो अनि सफल भइयो

(घ) मिहिनेत नगर्ने सफल हुँदैन

95. 'पढेको मानिस ज्ञानी हुनुपर्छ' वाक्यमा प्रयुक्त 'पढेको' शब्द कुन वर्गअन्तर्गत पर्छ ?

(क) नाम

(ख) सर्वनाम

(ग) विशेषण

(घ) क्रिया

96. द्वित्व प्रक्रियाबाट बनेको शब्द कुन हो ?

(क) भुरुरु

(ख) वनभोज

(ग) कर्तब्य

(घ) चरिचुच्चे

97. प्रेरणात्मक धातु प्रयोग भएको क्रिया कुन हो ?

(क) खाए हुन्थ्यो

(ग) खाएछ

(ख) खाओस्

(घ) खुवाएछ

98. कुन वाक्यमा कर्ता, कर्म र क्रियाको पदक्रम मिलेको छ ?

(क) ऊ गयो घर

(ग) ऊ चिठी लेख्छ

(ख) ऊ घर गयो

(घ) ऊ लेख्छ चिठी

99. व्यावहारिक लेखनको कुन लिखतमा बजार प्रवर्धनको उद्देश्यलाई प्राथमिकता दिइन्छ ?

(क) सूचना

(ग) चिठी

(ख) विज्ञापन

(घ) शुभकामना

100. आफूले देखेका तथा अनुभव गरेका तथ्य एवम् घटनाको शृङ्खलाबद्ध प्रस्तुति कुन लेखनमा गरिन्छ ?

(क) अनुच्छेद

(ग) टिप्पणी

(ख) तमसुक

(घ) प्रतिवेदन

Previous