Open Competition TU Lecturer 2081 Subject Education

Revision as of 01:49, 22 November 2024 by WikiSysop (talk | contribs)

Open Competition TU Lecturer 2081 Subject Education

त्रिभुवन विश्वविद्यालय

सेवा आयोग

उपप्राध्यापक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

२०८१/०८/०३

पत्र प्रथम (खण्ड पहिलो)

समय ५० मिनेट

५०*०१=५० अङ्क

विषय: अभिक्षमता परीक्षण

KEY [A]

पूर्णाङ्ग: ५०

उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।

वस्तुगत बहुउत्तर

१. प्रगतिवादी शिक्षा पद्धतिमा शिक्षकको भूमिका कस्तो हुन्छ?

A) निर्देशन दिनु नभइ सल्लाह दिनु

B) योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु

C) सम्पूर्ण स्रोतको आधिकारिक व्यक्तिका रूपमा काम गर्नु

D) विद्यार्थीबाट आएका विचारको कार्यान्वयन गर्नु

२. सिकाइको व्यवहारवादी सिद्धान्तअनुसार तलका मध्ये ठिक कुन हो?

A) कक्षाकोठाभित्रको वातावरणमा शिक्षण र सिकाइबीचमा भिन्नता छुट्याउन सकिन्छ

B) शिक्षण र सिकाइबीचमा कुनै भिन्नता छुट्‌याउन सकिँदैन

C) शैक्षणिक प्रक्रिया (Instructional process) अन्तर्गत शिक्षणका क्रियाकलापहरू (Teaching activities) पर्दछन् तर सिकाइ क्रियाकलापहरू पर्दैनन्

D) शिक्षण गरेपछि सिकाइ स्वतः हुन्छ

३. तलका मध्ये कुन सिद्धान्तले शिक्षण सिकाइ प्रक्रियामा व्यक्तिगत विभिन्नता (Individual differences) लाई जोड दिन्छ?

A) आधुनिकतावादी सिद्धान्त

B) परम्परागत सिद्धान्त

C) प्रगतिवादी सिद्धान्त

D) आधारभूतवादी सिद्धान्त

४. शिक्षकले विद्यार्थीलाई आफ्नो साथीको रूपमा हेर्नु पर्दछ । शिक्षकमा हुनुपर्ने यस्तो गुण कुन किसिमको हो?

A) व्यक्तिगत गुण

B) सामाजिक गुण

C) पेशागत गुण

D) मानवीय गुण

५. विद्यार्थीको प्रगतिको लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ?

A) मापन (Measurement)

B) परीक्षण (Testing)

C) मूल्यांकन (Evaluation)

D) एसेस्मेन्ट (Assessment)